“कट्रिनालाई मेरो बिहेमा बोलाउँदिनू ”– दीपिका पादुकाेण

१६ माघ २०७४, मंगलवार ०८:५५

माघ १६, काठमाडौं ।

फिल्म ‘पद्यावत’का कारण यतिबेला दीपिका पादुकोण चर्चामा छिन् । तर, त्यो चर्चालाई ओझेल पार्ने अर्को प्रसंग जोडिएको छ । त्यो हो, कट्रिनासँगको उनको दुश्मनी । हालै दीपिकाले आफ्नो बिहेमा कट्रिनालाई नबोलाउने सार्वजनिक टिप्पणी गरेपछि यतिबेला उनीहरुवीचको दुश्मनी सतहमा देखिएको छ ।

थाहा भएकै कुरा हो, दीपिका र रणवीर सिंह प्रेम सम्बन्धमा छन् । उनीहरुले यसै बर्ष बिवाह गर्ने हल्लीखल्ली पनि छ । यसै मेसोमा एक अन्र्तवार्ता दिँदै दीपिकाले भनेकी छिन्, ‘म आफ्नो बिहेमा कट्रिना कैफलाई निम्तो गर्ने छैन ।’

कट्रिना र दीपिकाको सम्बन्ध पानी बाराबारको छ । उनीहरुको शीतयुद्ध बलिउडमा कतैबाट लुकेको छैन ।

उनीहरुबीच दुरी बढाउने काम भने रणवीरले गरेका हुन् । रणवीर कपुरका विषयलाई लिएर यी दुई अभिनेत्रीको सम्बन्ध चिरा परेको थियो । तर, अहिले रणवीरसँग न दीपिका छिन्, न कट्रिना नै । त्यसैले यी अभिनेत्रीवीचको खटपट मत्थर भएको अनुमान गरिएको थियो । तर, त्यस्तो होइन रहेछ । हालै दीपिकाले आफुभित्रको कुण्ठा पोख्दै कैटलाई बिहेमा नबोलाउने कुरा खोलिन ।

ब्वाइफ्रेण्डका कारण कट्रिनासँगको सम्बन्ध चिसिए पनि दीपिकाले सम्पूर्ण रुपमा कैटलाई गाली भने गरेकी छैनन् । उनले अर्को अन्र्तवार्तामा भनेकी छिन्, ‘मलाई कट्रिनाको पर्सनालिटी र काम गर्ने तरिका एकदम मनपर्छ । उनले मसँग दुश्मनी मोलेकी छन भन्दैमा उनी समग्रमा खराब भन्नु उचित होइन ।’

भनिहालौं, यतिबेला दीपिका आफ्नो फिल्म पद्यावतको सफलतासँगै खुसी मनाइरहेकी छिन् । फिल्मले अहिलेसम्म एक सय करोड बढी कमाई गरिसकेको छ ।

यता कट्रिना कैफ आमिर खानको प्रतिक्षारत फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को काम गरिरहेकी छिन् ।