
माघ १६, काठमाडौं ।
निर्देशक सञ्जयलीला भन्सालीको विवादित फिल्म ‘पद्मावत’ले चार दिनमै १०० करोड भारु कमाई गरेको छ । करणी सेनाको विरोधका कारण यो फिल्म भारतको चार राज्यमा अझै प्रदर्शन भएको छैन ।
बुधवार सिमित ठाउँमा प्रदर्शन हुँदा पाँच करोड कमाई गरेको उक्त फिल्मले बिहीवार १९ करोड, शुक्रवार ३२ करोड, शनिवार २७ करोड र आईतवार ३१ करोड कमाइ गरेको थियो ।
ट्रेड एनालिष्ट तरण आदर्शका अनुसार आईतवारसम्म पद्यावतले भारतवाट ११४ करोड कमाई गरेको छ । फिल्मको ब्यापार अन्तर्राष्ट्रिय बजारमा पनि उत्तिकै राम्रो छ । अष्टे्रलिया र बेलायतमा फिल्मले निकै राम्रो ब्यापार गरेको उनले बताएका छन् ।
फिल्मको विवाद सुटिङ सुरु भएदेखि नै सुरु भएको थियो । करणी सेना र राजपुत सेनाले रानी पद्यावतलाई गलत तरिकाले पेश गरेको आरोप लगाएको छ । विरोधकै कारण हरियाणा, राजस्थान, गुजरात र मध्ये प्रदेशमा फिल्म प्रदर्शन हुन सकेको छैन ।