पूर्वराजा भारत जाने

१५ माघ २०७४, सोमबार १०:४२

माघ १५ , काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाह माघ २२ गते भारत जाने भएका छन् । भारतको ओडिसामा आयोजित एक धार्मिक महोत्सवमा सहभागी हुन उनी भारत जान लागेका छन् ।

ओडिसामा जगदगुरु शंकराचार्य स्वामी निश्चलान्द सरस्वतीको १४५ औं पट्टाभिषेक पञ्चविंशति वर्षपूर्ति महोत्सवमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका उनका सहयोगीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।