विमानस्थलबाट सुनको बालासहित पक्राउ

१५ माघ २०७४, सोमबार १०:०४

माघ १५, काठमाडौं ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट सुन जस्तो देखिने दुई वटा वालासहित एक जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका शान्तिनगर बस्ने सिराहाका १८ वर्षीय रमेश यादब छन् । कतारको दोहाबाट आएका यात्रुहरुसँग सुनको बाला सङ्कलन गरिरहेका वेला उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट प्रहरीले २ थान सुनको जस्तो देखिने बाला र ४८ हजार रुपैयाँ समेत बरामद गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।