फेसबुकले केको आधारमा समाचारको र्‍याङ्किङ गर्छ ?

१४ माघ २०७४, आईतवार ११:०७

माघ १४, काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुकले झुठा समाचार र प्रोपागाण्डा फैलाउने सामग्री नियन्त्रण गर्ने जनाएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार अब जुन समाचारमा समुदायको विश्वास बढी छ त्यही र्‍याङ्किङका आधारमा समाचार प्रवद्र्धन हुनेछ ।

विश्वसनीय समाचारमात्र धेरै फेसबुक प्रयोगकर्ताको न्यूज फिडमा देखिनेछ ।

यो प्रयोगको परिक्षण अमेरिकामा गरिनेछ र त्यसपछि अन्तर्राष्ट्रियस्तरमा लागु हुनेछ ।

यो प्रयोग पछि जानकनरी मूलक, पठनयोग्य र सान्दर्भिक समाचारमात्र फेसबुकको न्यूज फिडमा देखिने फेसबुकले जनाएको छ ।