जयदेव उन्नाडकट बने भारतका महंगा खेलाडी

१४ माघ २०७४, आईतवार ०९:३५

माघ १४, काठमाडौं ।

फास्ट बलर जयदेव उन्नाडकट इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी अक्सनमा सबैभन्दा महंगा भारतीय खेलाडी बनेका छन् । उनलाई राजस्थान रोयल्सले साढे ११.५ करोड भारु मूल्यमा किनेको छ ।


उन्नाडकटले केएल राहुल र मनिष पाण्डेले पाएको मूल्य भन्दा बढी मूल्य पाएका हुन् । राहुललाई किंग्स इलेभेन पञ्जाब र पाण्डेलाई सनराइजर्स हैदराबादले ११ करोड भारुमा लिएका थिए ।

आइपीएल अक्सनमा सबैभन्दा महंगो खेलाडी भने इंगलिस खेलाडी बेन स्टोक बनेका छन् । उनलाई राजस्थानले नै साढे १२ करोड भारु मूल्य दिएको छ ।

२६ वर्षीय उन्नाडकट गत वर्ष श्रीलंकाविरुद्ध भएको टी ट्वेन्टी सेरिजमा म्यान अफ सेरिज बनेका थिए ।

गत वर्षको आईपीएल क्रिकेटमा उन्नाडकटले राइजिङ पुने सुपरजाइन्टसबाट खेलेका थिए । त्यतिबेला उनले १२ खेलबाट २४ विकेट लिएका थिए ।