नेयमारले छाडेपछि बार्सिलोना अझ सन्तुलित बनेको मेस्सीको दाबी

१४ माघ २०७४, आईतवार ०९:२७

माघ १४, काठमाडौं ।

बार्सिलोना हरेक प्रतियोगितामा सहज अवस्थामा छ र, लिओनल मेस्सीले भनेका छन् कि नेयमारको अभावमा टिम अझ सन्तुलित छ ।

सिजनको सुरुवातमा नेयमार बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेनतिर लागे । यससँगै कतिपयले बार्सिलोना संकटमा पर्ने अनुमान पनि गरेका थिए ।


तर, त्यसो भएन । मेस्सीले एक अन्तवार्तामा भनेका छन्, ‘नेयमार विना हामी अझ सन्तुलित छौं ।’

नेयमार गएपछि आफूहरुको खेल्ने शैलीमा परिर्वतन भएको भन्दै उनले भने, ‘हामीले आक्रामक बन्ने सम्भावना गुमायौं तर, डिफेन्समा मदत गर्यो ।’

मिडफिल्डमा पनि राम्रो रहेको र यसले डिफेन्सलाई अझ बलियो बनाउने उनले बताए ।

बार्सिलोनाले च्याम्पियन्स लिगको नकआउट चरणमा चेल्सीको सामना गर्दैछ । तर मेस्सी भने उपाधिको प्रमुख दावेदार अर्को इंग्लिस क्लब म्यानचेष्टर सिटीलाई मान्छन् ।

बार्यन म्युनिख पनि अन्तिमसम्म प्रतिस्पर्धा गर्ने टिम भएको भन्दै उनले भने, ‘पीएसजी पनि त्यस्तै छ । तर धेरै खेल बाँकी छ र मड्रिडलाई अस्वीकार गर्न सकिन्नँ ।’