नेपाल–बङ्गलादेश मैत्री संघद्वारा पुस्ताकालयको स्थापना

११ माघ २०७४, बिहीबार १०:४६

माघ ११, काठमाडौं ।

काठमाडौको नयाँ बानेश्वरस्थित नेपाल–बङ्गलादेश मैत्री संघद्वारा “नेपालबंगलाबन्दु पुुस्तकालय”को स्थापना गरिएको छ ।

उक्त पुस्तकालय चेल्सी स्कुलको भवनमा शनिबारबाहेक बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म खुल्ला रहनेछ ।

उक्त पुस्तकालयको उद्घाट्न बङ्गालादेशकी राजदुत मासफी बिन्ती समले उद्घाट्न गरेकी थिइन् ।

समले आगामी दिनमा थप पुस्तकको सहयोग गर्ने बताउँदै, “नेपाल बङ्गालादेशबीचको सम्बन्धलाई अझ प्रगाढ र सुमधुर बनाउदै जाने पनि बताइन् ।

“पुस्तकालय भनेको ज्ञानको ज्योती छर्ने प्रकाश हो, यसबाट सबैले लाभ लिन सक्नुपर्छ ” उद्घाटन समारोहमा सम्बोधन गर्दै समले भनिन्,“आगामी दिनहरुमा थप नवीन ज्ञानमूलक, सबैलाई उपयागी हुने पुस्तकहरुको पनि व्यवस्था गर्दै जानु पर्छ ”

कार्यक्रमको स्वागत मन्तव्य नेपाल बङ्गलादेश मैत्री संघका अध्यक्ष दिनदया रिजालले गरेका थिए भने उक्त कार्यक्रमको सभापतित्व डा.जगदिश घिमिरेले गरेका थिए ।