अफगानिस्तानको सानदार जित

११ माघ २०७४, बिहीबार ०८:२९

माघ ११, काठमाडौं ।

न्यूजिल्याण्डमाथि २०२ रनको शानदार जित हात पार्दै अफगानिस्तान यू–१९ विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

क्राइस्ट चर्चमा अफगानिस्तानले जितका लागि ३१० रनको ठूलो लक्ष्य लिएको थियो ।

 


तर, घरेलु टोली न्यूजिल्याण्डले २.१ ओभरमा १०७ रन जोड्दा सबै विकेट गुमायो । उसका लागि क्याटनिल क्लार्कले ३८ र डेल फिलिप्सले ३१ रन बनाए ।

अफगानिस्तानका मुजीब र कवाईस अहमदले समान ४–४ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अफगानले ५० ओभरमा ६ विकेट गुमाएर ३०९ रन बनाएको थियो । उसका लागि रहमानुल्लाह गुरबाज र इब्राहिम जदरानले पहिलो विकेटका लागि ११७ रनको साझेदारी गरे । रहमानुल्लाह ६९ रनमा आउट भए । जदरानले ६८ रन बनाए ।

२२६ रन जोड्दा ५ विकेट गुमिसकेको थियो । तर, बाहिर साह र अजमुतुल्लाह उमरजाईले छैटौं विकेटकाम लागि ७९ रनको साझेदारी गरे । उमरजाईले ६६ रनको योगदान दिए भने बाहिर ६७ रनमा नटआउट रहे ।