अछाममा पानीसँगै हिउँ

१० माघ २०७४, बुधबार ०७:४८

माघ १०, काठमाडौं ।

जिल्लाको मंगलसेन नगरपालिकासहित अछामका उच्च स्थानमा हिउँ परेको छ । बुधबार रातिबाट पानीसँगै हिउँ परेको हो ।

जिल्लाका रामारोशन, खप्तड, ऋषिदह, षोडशालगायतका उच्च स्थानमा बाक्लो हिउँ जमेको छ ।



हिउँसंगै पानी पर्न थालेपछि चिसो बढेको छ । अग्ला स्थानबाट चिसो हावा चल्न थालेपछि जेष्ठ नागरिक, बालबालिका र बिरामीहरुलाई सकस परेको छ ।

हिउँ र पानीले गहुँ, जौलगायतका बालीमा सिँचाइ भए पनि हिउँदे तरकारी बालीमा भने क्षति पुगेको छ । आकाश अहिलेसम्म खुलेको छैन भने थप हिउँ र पानी पर्ने सर्वसाधारणको आँकलन छ ।

सदरमुकाम मंगलसेन नजिकै रहेको ठुलासेनमा हिउँ परेपछि केही व्यक्तिहरु हिउँ खेल्न त्यतातिर गएको बजारबासीको भनाइ छ । धेरै लामोे समयपछि सदरमुकाम नजिक हिउँ परेपछि ठूलासेनका बासिन्दाहरु चिसोसँगै रमाइरहेका छन् ।