किरण चेम्जोङ इन्डियन क्लबमा अनुवन्धित

१० माघ २०७४, बुधबार ०७:३३

माघ ९, काठमाडौं ।

नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ भारतको आई –लिग लिडर मिनर्वा पञ्जाबमा अनुवन्धित भएका छन् ।

मिनर्वा पञ्जाब लिग लिडर हो । अब लिगमा ९ खेल मात्र खेल्न बाँकी छ । तर, उपाधि होडलाई थप सुरक्षित गर्न किरणलाई अनुवन्ध गरिएको क्लबले जनाएको छ ।

दोस्रो स्थानमा रहेको नेरोकाको २१ अंक छ तर, उसले एक खेल बढी खेलेको छ ।