
माघ ९, काठमाडौं । (एजेन्सी)
साध्वीहरूलाई बलात्कार गरेको आरोपमा २० वर्षको कारावास सजाय काटिरहेका डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीमले जेलबाटै प्रवचन दिन पाऊँ भनी पञ्जाब–हरियाणा अदालतसमक्ष निवेदन दर्ता गरेका छन् ।
यो निवेदन डेरा सच्चा सौदा संघका अध्यक्ष देवराज गोयलले दिएका हुन् । यसमा सुनुवाइ बुधवार हुनेछ ।
निवेदकले उच्च अदालतसँग राम रहीमको प्रवचन रेकर्ड गरेर वा इन्टरनेटमा लाइभ गरेर प्रसारण गर्ने व्यवस्था मिलाउने निर्देशन दिन अनुरोध गरेका छन् ।
यसबाहेक सिरसामा डेरा सच्चा सौदा आश्रममा भक्तहरूलाई हप्ताको एकचोटि वा १५ दिनमा वा मासिक प्रवचन हेर्ने सुन्ने पर्याप्त व्यवस्था मिलाउने निर्देशन दिन पनि निवेदन गरिएको छ ।