खुकुरी टी–ट्वान्टी क्रिकेट सुरु हुँदै

८ माघ २०७४, सोमबार ०९:१५

माघ १०, काठमाडौं ।

खुकुरी इएनटीको आयोजनामा दोस्रो खुकुरी च्यालेन्ज टी–ट्वान्टी कप क्रिकेट प्रतियोगिता यसै सातादेखि शुरु हुँदैछ ।

यही माघ १० देखि फागुन ५ गतेसम्म चल्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष विनयविक्रम थापाले बताए ।

इएनटीद्वारा आइतबार यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइएअनुसार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा विभिन्न २० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

सहभागी टोलीले सन् २०१५ देखि राष्ट्रिय टोलीमा आबद्व चार खेलाडी राख्न पाउने प्रावधान रहेको आयोजकले जनाएको छ । तर खेलका दौरानमा भने तीन खेलाडी मात्र खेल्न पाउनेछन् ।