माघ ७, काठमाडौं ।
सबैजना आरामले सुतेर बिहान उठ्दा ताजापन र स्फुर्र्ती प्राप्त हुन्छ । तर केही मानिसलाई दिनभरि काम गरेर थकान भएपनि राम्रो निद्रा लाग्दैन अनि बिहान उठ्दा
कम्मर दुख्ने र छाती पोलल्ने जस्ता समस्या आइलाग्छन् । यी सबै समस्याहरू सुत्ने तरिकाले गर्दा आइलाग्ने हो । यहाँ हामी सुत्ने गलत तरिकाका बारेमा बताउँदैछौं ।
पेट थिचेर सुत्नु सबभन्दा खतरनाक हुन्छ ।
- यसरी सुत्दा ढाड दुख्ने,
- गर्दनमा पीडा हुने जस्ता समस्या
- ओछ्यानमा भएका ब्याक्टेरिया सुत्दा अनुहारमा आइलाग्छन् र अनुहारमा दाग र फोका आउँछ,
- बिहान उठ्दा गर्दन पनि अररो हुन्छ । पेट थिचेर कहिल्यै नसुत्नुस् ।
- सीधा नसुत्दा राति सास फेर्न पनि गाह्रो हुन्छ र मेरुदण्डको हड्डी पनि बांगिन्छ ।
- केही मानिस हात माथि पारेर सुत्छन् । यसो गर्दा हातमा दबाब पर्छ र दुख्न थाल्छ ।
राम्रो निद्राका लागि देब्रेतर्फ कोल्टे परेर सुतेको ठीक हुन्छ । अनि राति घरिघरि कोल्टे फेरेर सुत्ने गर्नुस् ।
(स्रोत–एजेन्सी)