‘न्युज बुस्ट’ गर्न फेसबुकले नयाँ नियम ल्याउँदै

७ माघ २०७४, आईतवार १०:५१

माघ ७, काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुकले विश्वसनीय समाचारलाई मात्रै “बुस्ट” गर्ने भएको छ ।

फेसबुकका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत मार्क जुकुरबर्गले न्यूज फिडमा पूर्ण विश्वसनीय समाचार स्रोतलाई प्राथमिकता दिइने घोषणा गरेका छन्।

‘जुन भरोसायोग्य छ त्यो प्रकाशनलाई प्रवद्र्धन गर्नेछौं । जुन प्रकाशनमाथि उच्च रुपमा समुदायको भरोसा छैन् त्यसमा कमी आउनेछ,’ उनले भनेका छन्, ‘यो परिवर्तन न्यूज फिडको र्यांकिङमा देखिनेछ ।’ उनका अनुसार यसको परीक्षण पहिले अमेरिकामा र त्यसपछि अन्तर्राष्ट्रियस्तरमा लागु गरिनेछ ।

प्रकाशित समाचार जो समुदायका लागि विश्वसनीय छ । समाचार जो पाठकका लागि जानकारीमूलक होस्, स्थानीय समुदायका लागि सान्दर्भिक होस् त्यस्तालाई फेसबुकले उच्च प्राथमिकता दिने उनको भनाई छ ।

यसको मूल्यांकन प्रयोगकर्ताले गर्ने फेसबुकले जनाएको छ। ‘सामाजिक सञ्जालको समुदायले यो निर्धारण गर्नेछन कि कुन सामग्री विश्वसनीय छ, त्यसमा हामी सर्वेक्षण गर्नेछौं,’ उनले भनेको छन् । सर्वेक्षणको नतिजा भने सार्वजनिक गरिने छैन्। ।

यो कदमबाट फेक न्युज र प्रपोगाण्डा फैलाउने सामग्री नियन्त्रण हुने उनको विश्वास छ ।

(स्रोत– इन्टरनेटबाट)