दाहाललाई उत्तर कोरियाले ग¥यो निम्तो

७ माघ २०७४, आईतवार १०:२७

माघ ७, काठमाडौं ।

नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हाकले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् ।

दाहाललाई भेट्न उनी आइतबार माओवादी मुख्यालय पेरिसडाँडा पुगेका थिए ।

भेटमा राजदूत ले नेपालमा बाम गठबन्धन बनाएर निर्वाचनमा विजय हासिल गरेकोमा अध्यक्ष दाहाललाई बधाई दिएको सचिवालयले जनाएको छ ।

हाकले सेप्टेम्बरमा हुने कोरियन कम्युनिष्ट पार्टीको ७० औं पार्टी स्थापना दिवसमा आतिथ्यताको लागि दाहाललाई निमन्त्रणा गरेका छन् ।