रेड पाण्डाको छालासहित ४ जनालाई प्रहरीले पक्राउ

७ माघ २०७४, आईतवार ०९:५१

माघ ७, काठमाडौं ।

संरक्षित वन्यजन्तु रेड पाण्डाको छालासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र प्रहरी विभाग, बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले मकवानपुर घर भएका ३२ वर्षीय बिनोदकुमार रानासहित ४ जनालाई पक्राउ गरेको छ ।

उनीहरूको साथबाट रेड पाण्डाको छाला २ थान बरामद गरिएको छ । बुढानिलकण्ठ नगरपालिका–३ स्थित हरियो पर्दा होटलबाट शनिबार उनीहरू पक्राउ परेको सीआइबीले बताएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।