थाल, डाढु ,चम्चा र भाडा लिएर सडकमा उत्रिए दाङका महिलाहरु

६ माघ २०७४, शनिबार १०:५२

माघ ६, काठमाडौं ।

सरकारले प्रदेश ५ को अस्थायी मुकाम रुपन्देही तोकेको विरोधमा दाङका महिलाहरु रित्तो थालसहित सडकमा उत्रिएका छन् ।

पाँच दिनेदेखि बन्द दाङमा शनिबार पनि प्रर्दशनहरु भइरहेको छ । तुलसीपुरमा घरघरबाट सडकमा उत्रिएका महिलाहरुले हातमा थाल, डाढु ,चम्चा र भाडाँ लिएर नारावाजी गरेका थिए ।


उनीहरुले थाल ठटाउँदै सरकारविरुद्ध नारावाजी गरेका थिए । महिला अधिकारकर्मी सुष्मा गिरीले प्रदेश ५ को राजधानी बनाउन भौगोलिक सुगमता, समारिक अवस्था र भौतिक पूर्वाधारका हिसावले दाङ उपर्युक्त हुँदाहुँदै सरकारले बलजफ्तीमा रुपन्देही घोषणा गरेको आरोप लगाइन ।

आन्दोलनकारीहरुले लमही नगर विकास समितिको निर्माणाधिन भवनमा संसद भवनको ब्यानर झुण्ड्याएका छन् ।

पाँच दिनदेखि जारी बन्दका कारण दाङ ठप्प हँुदा यहाँको जनजीवन असहज बन्दै गएको छ ।