ओसोलाई अमेरिकाले किन पठायो भारत ?

६ माघ २०७४, शनिबार १०:१८

माघ ६, काठमाडौं ।

ओशोले आफ्नो शिक्षा पूरै संसारलाई परिवर्तन गराउन सक्षम भएको बताएका थिए ।

बेलायती मनोवैज्ञानिक ग्यारेट ओशोकी शिष्या थिइन् । उनी भन्छिन्, ‘ओशोसँग हामी एक सपनामा बाँचिरहेका थियौं । हाँसो, स्वतन्त्रता, स्वार्थहीनता, प्रेम र अन्य धेरै कुरा त्यहाँ उपलब्ध थियो ।’

शिष्यहरूलाई आफूले मन लागेको कुरा गर्ने छुट दिइएको थियो । उनीहरूले सबै नियमलाई त्यागेर जे मन लाग्यो त्यो गर्न पाउँथे ।

ग्यारेट भन्छिन्, ‘हामी एक समूह बनाएर बस्थ्यौं । कुरा गथ्र्यौं, हाँस्थ्यौं र नांगै बस्थ्यौं । सामान्य समाजमा नगरिने सबै कुरा हामी गथ्र्यौं ।’

 

उन्मुक्त सेक्स त्यहाँ सामान्य कुरा थियो । ओशोलाई सबै धर्मभन्दा माथि राखिन्थ्यो ।

ओशोले एकचोटि शिष्यहरूलाई भनेका थिए, ‘सत्य कुनै परम्परामा बाँधिदैन । यो शाश्वत रूपमा नयाँ रहन्छ । यो सबै व्यक्तिभित्र आफैं उत्पन्न हुन्छ ।’

ओशोले अमेरिकामा आफ्ना शिष्यहरूको कम्युन स्थापना गर्नका लागि सन् १९८१ मा निवेदन दिएका थिए । त्यतिखेर त्यहाँका स्थानीय अधिकारी रहेका डेन डेरो भन्छन्, ‘ओशोका शिष्यहरू शुरूमा त सहयोगी थिए । उनीहरूले मलाई आफूहरू किसान भएको र खेती गर्न चाहेको बताउँथे । मैले उनीहरूलाई कुनै धर्मसँग जोडिनुभएको छ कि भनी सोध्दा उनीहरूले कुनै धार्मिक समूह नभएको र जीवनलाई उत्सव जस्तो मनाउन चाहेको बताए ।’

त्यसपछि ओरेगनमा ओशोका शिष्यहरूको संख्या बढ्दै गयो । डेरो भन्छन्, ‘चेलाहरूको संख्या बढेको बढ्यै भयो । हामीहरू कम्युनमा आउने मानिसको संख्या नियन्त्रण होस् भन्ने चाहन्थ्यौं ।’

त्यहाँ शिष्यहरूले खेती त गरे नै, ताल पनि बनाए, शपिङ मल पनि खोले, ग्रीन हाउस बनाए अनि विमानस्थलधरी बनाए । मरुभूमिलाई उनीहरूले परिवर्तन गरिदिए ।

सन् १९८२ मा उनीहरूले शहरको नाम रजनीशपुरम राखेर त्यसलाई दर्ता गर्न चाहे ।

ग्यारेट खासमा प्रेम र शान्तिका लागि गएकी थिइन । तर उनलाई कम्युन शत्रुहरूबाट घेरिएको अनुभूति भयो । राज्यलाई आफूहरू प्रेम, शान्ति र सद्भावका साथ बसेको चित्त नबुझेको उनी बताउँछिन् ।

स्थानीयहरूले कम्युनमाथि मुद्दा हालिदिए ।

पछि चाहिँ रजनीशका शिष्यहरूले विषालु साल्मोनेला ब्याक्टेरियाले उनीहरूमाथि प्रयोग गर्न थाले । अमेरिकी अधिकारीहरूका अनुसार, चेलाहरूले साल्मोनेला ठाउँठाउँमा छर्किए अनि त्यसको खासै असर नदेखिएपछि फेरि छर्किए ।

उनीहरूले सलादमा ब्याक्टेरिया छर्किएपछि मानिस बिरामी पर्न थाले । उनीहरू छेरपटी, बान्ता र कमजोरीको गुनासो गर्दै अस्पताल पुगे ।

त्यसपछि सयौं मानिस कम्युन छोडेर गए । सरकारले कम्युनको जाँच गर्ने आदेश दियो । जाँचमा कम्युनभित्र साल्मोनेला ब्याक्टेरिया उत्पन्न गर्ने प्रयोगशाला फेला प–यो । अनि टेलिफोन ट्याप गर्ने उपकरण पनि भेटियो ।
रजनीशका शिष्यमाथि मुद्दा चल्यो । उनका तीन शिष्यहरूलाई कारावास सजाय दिइयो ।

ओशोमाथि नियम तोडेको आरोप लाग्यो र भारत पठाइयो । सन् १९९० मा उनको मृत्यु भयो ।

 

 

 

 

 

 

 

 

 

 

बीबीसीबाट