मिचिएको सीमाको सत्य–तथ्य बुझ्न नापी विभागका निर्देशक

६ माघ २०७४, शनिबार ०८:०२

माघ ६, काठमाडौं ।

सीमा स्तम्भ मर्मतका क्रममा नेपालको लगभग ५० बिगाहा जमिन भारतमा परेको सार्वजनिक भइसकेको छ । यसै सन्दर्भमा, नापी विभागका निर्देशक अनिल मरासिनी नेतृत्वको टोली मिचिएको सीमाको सत्य–तथ्य बुझ्न वीरगञ्ज पुगेका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह एकधुर जमिन पनि तलमाथि नहोस् भन्ने चाहानछन् । प्राविधिक रुपमा नक्सांकन मिले र नमिलेको अध्ययन गर्नकै लागि नापी विभागका निर्देशकसहितको टोली वीरगञ्ज आइपुगेको उनले जानकारी दिए ।

नेपाल–भारत सीमा सर्वेक्षण टोलीका लिडर एवं प्रमुख नापी अधिकृत रमेश ज्ञवाली प्राविधिक कुराहरु नबुझेकै कारण पिलर निर्माणको क्रममा समस्या देखिएको बताउँछन् ।

  • नेपाल र भारतबीच उच्च स्तरीय सहमतिबाट सीमा क्षेत्रमा हराएका र क्षतिग्रस्त पिल्लर निर्माण र मर्मतको क्रम चलिरहेको छ ।

 

  • नेपालतर्फ सर्वे विभागको टोलीले काम गरिरहेको छ भने भारतमा एसएसबीले निर्माणको जिम्मा पाएको छ ।

स्रोत–अनलाइनखबर