सिलवालले नौटंकी प्रदर्शनलाई डटेर सामना गर्ने

५ माघ २०७४, शुक्रबार ११:१५

मन्जिल कन्दङ्वा

माघ ५, काठमाडौं ।

एमाले सांसद एवं नेपाल प्रहरीका पूर्व डीआईजी नवराज सिलवालले शक्तिको दुरुपयोग गरी सरकारले आफूमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन् ।

उनले आप्mनो ट्वीटरमा ट्वीट गर्दै  सरकारी काजगपत्र कीर्ते सम्बन्धि मुद्दामा आफुलाई पक्राउ गर्ने प्रहरी प्रधान कार्यालयको पत्रलाई सरकारको नौटंकी कदमको संज्ञा दिएका छन् ।

 

ट्विटरमा सिलवालले लेखेका छन्– “म जनताको प्रतिनिधि हुँ र कानुनको परिपालक एक जिम्मेवार नागरिक पनि, समय सकिन लाग्यो भन्ने हतारोमा राजनितिक प्रतिशोध साध्न शक्तिको गतल प्रयोग गरी आफ्नो बिपक्षिलाई प्रहार गर्ने जुन नौटंकी प्रर्दशन हुँदैछ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ । ”

(स्रोत–उनको ट्विटरबाट)