२७ लाखको गरगहनासहित पक्राउ

५ माघ २०७४, शुक्रबार ०६:०३

माघ ५, काठमाडौ ।
सप्तरीको  छिन्नमस्ता गाउँपालिका–३ स्थित सुनचाँदी पसलमा चोरी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । करिब २७ लाख रूपैयाँको सुनचाँदीको गहनासहित उनीहरु पक्राउमा परेका हुन् ।

पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका–४ का मुरलीकुमार साह, छिन्नमस्ता गाउँपालिका–५ का सन्तोषकुमार साह सुनार, सोही स्थान निवासी शत्रुधन साह सुनार, वडा नं ४ का महेश यादव रहेको प्रहरी नायब उपरीक्षक ध्रुबकुमार श्रेष्ठले बताए ।

  • उनीहरुको साथबाट काँडाबाला हसुली दुई थान,
  • काँडावाला चुरी दुई थान,
  • काँडावाला चुरा दुई थान,
  • बच्चाले लगाउने काँडाबाल चुरी आठ थान,
  • बच्चाले लगाउने सादा चुरा १२ थान,
  • महिलाले लगाउने पञ्चक पाँच थान,
  • विभिन्न नमूना र आकारका बाला सात थान,
  • पायल १६ थान र २० थान दुईहारे सिक्री बरामद गरिएको छ ।
  • यसैगरी पाउजु ५१ थान,
  • ब्रासलेट १२ थान,
  • सिक्री ४५ थान,
  • चुरी ठूलो एक र सानो २ थान,
  • काटिएको बेरुवा एक थान ,
  • औंठी ४९ थान,
  • बिच्छी ४२ थान ,
  • चकती १७ थान,
  • गणेश भगवानको मूर्ति एक थान,

सिन्दूर क्याप एक थानलगायतका सिक्का तथा सुनचाँदी तौल गर्ने औजारसमेत बरामद गरिएको छ ।
त्यस्तै चोरी भएको रकमबाट खरिद गरिएको ना ४९ प १९०७ नम्बरको टिभिएस मोटरसाइकलसमेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेकोे छ ।