मेस्सीको पेनाल्टीले निराशा

४ माघ २०७४, बिहीबार ०६:५३

माघ ४, काठमाडौं ।

लिओनल मेस्सी पेनाल्टीमा गोल गर्न चुक्दा बार्सिलोना स्पानियोलसँग पराजित भएको छ ।

कोपा डेल रेको क्वार्टरफाइनलको पहिलो लेगमा बार्सिलोना १-० ले पराजित भएको हो । ला लिगाको लिग लिडर क्याटलानको यो अगष्टपछि बार्सिलोनाको पहिलो हार हो ।

स्पानियोलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ६२ औं मिनेटमा पेनाल्टी पाएको थियो । मेस्सीले बललाई विजयीको आशाका साथ प्रहार गरेका थिए तर, बललाई गोलरक्षक डिएगो लोपेजले निरासामा बदलिदिए ।

निर्धारित समयको खेल सकिन मात्र २ मिनेट बाँकी छँदा घरेलु टोलीले गोल ग‍¥यो ।