रनपुतला पर्वको अन्तिम दिन आज

३ माघ २०७४, बुधबार ०७:३८

माघ ३, काठमाडौं ।

सुदूरपश्चिम कला संस्कृति र पर्यटकीय क्षेत्रको रुपमा धनी मानिन्छ । सुदूरपश्चिमेली डेउडा, ठाँडी भाका, हुड्केउली छलीय भुवा यस क्षेत्रको मुख्य संस्कृति का रुपमा हेरिन्छ ।

तर परम्परागतरुपमा चल्दै आएको रनपुतला पर्व पनि पछिल्लो समयमा सुदूरपश्चिमेलीका छोरीबेटीसँग भेट गराउँने तथा सुदूरको पहिचानको पर्वको रुपमा हेरिदै आएको छ । रनपुतला पर्व पुस महिनको १५ गतेदखि माघ ३ गतेसम्म धुमधामका साथ मनाइने गरिन्छ ।

यो पर्वलाई देवीदेवताको पर्व वा छोरीबेटीलाई वर्षको एक पटक अनिवार्य भेट गराउने पर्व भएकाले मिलन पर्वको रुपमा पनि लिने गरिएकोे स्थानिय दुर्गादेवी विष्टले बताइन् ।
पर्वको शुरुवात भएपछि रनपुतलाहरु माघ ३ गते पानी पँधेरोमा लगेर बिसर्जन गरे देवीदेवता खुसी हुने चलन रहेको छ ।