कम्युनिष्टहरु ईभेन्ट अनुसार बोल्छन्, उनीहरुको विशेषता त्यही हो-चन्द्र भण्डारी

२ माघ २०७४, मंगलवार १०:४०

मुमाघ २, काठमाण्डौं । मुलुक विधि अनुसार चल्न नसके हतियार हाबी हुने भन्दै त्यसतर्फ सबै सचेत हुनुपर्नेमा नेपाली कांग्रेसका प्रभावशाली युवा नेता चन्द्र भण्डारीले जोड दिएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता भण्डारीले भने,‘हामी सबै दल गम्भिर बन्नुपर्छ, विधिले चल्न सकेनौं भने हतियार हाबी हुन्छ, यतातर्फ सबैको ध्यान जाओस्।’ साक्षात्कारमा भण्डारीले राजनीति जनताप्रति उत्तरदायी हुनुपर्नेमा समेत जोड दिदैं ‘राजनीति भनेको नेताले आफ्नो दुनो सोझ्याउने काम मात्रै होईन, जनताको हालत अहिले के छ ? यतातिर सोच्नुपर्छ, देश र जनताको आर्थिक क्षमता अभिवृद्धि गर्नेतिर सबैले गम्भिर भएर सोच्नुपर्छ ।’

भण्डारीले आफूहरुले जारी गरेको संविधानका हरेक शब्दहरुको व्याख्या अदालतले गर्नुपर्ने अवस्था भएकोले हचुवाको तालमा जे मन लाग्यो त्यही बोल्न नहुने धारणा राखे । आफूले धेरै पहिल्यै नै रिपोर्टर्स क्लबकै साक्षात्कारमा पनि वामपन्थीहरुले जिते भनेपनि सरकार बनाउन धेरै लामो समय लाग्छ भनेर बोलेको कुरा अहिले आएर पुष्टि भएको तर्क गरे ।

उनले भने,‘कम्युनिष्टहरु ईभेन्ट अनुसार बोल्छन्, उनीहरुको विशेषता भनेको नै त्यही हो, हिजो माओवादी र कांग्रेसले मिलेर तयार पारेको अध्यादेश राष्ट्रपतिसामु प्रस्तुत गर्दा त्यसमा वाम गठबन्धनले अड्को थाप्यो, अहिले त्यसकै कारण राष्ट्रिय सभा निर्वाचनमा ढिलाई भयो, यतिबेलासम्म त नयाँ सरकार गठन भैसक्थ्यो, तर के गर्नु उहाँहरुले कुरा बुझ्नुभएन्।’

उनले कांग्रेस पनि विधिले चल्नुपर्नेमा जोड दिए । उनले थपे,‘कांग्रेस पनि विधिले चल्नुपर्यो, कांग्रेस त पाठशाला हो, हाम्रो पाठशालाबाट मदन भण्डारीले सिक्नुभयो, सशस्त्र द्धन्द्ध गरेको पार्टी माओवादीलाई शान्ति प्रक्रियामा ल्याईयो, अहिले हामी संस्कारविहिन भएका छौं, कांग्रेस मियो हो, तर यहाँ विधि हराएको छ।’ उनले चुनाव जित्दैमा कोही पनि माँत्तिन नहुने र हार्दैमा आँत्तिन नहुने धारणा राखे ।

 

सम्बन्धित शीर्षकहरु