सय र हजारका सिक्का आउदै

२ माघ २०७४, मंगलवार ०९:२२

माघ २ ,काठमाण्डौं ।
त्रिचन्द्र कलेज १०० वर्ष पूरा भएको उपलक्ष्यमा नेपाल राष्ट्र बैंकले विशेष सिक्का बजारमा ल्याउने जानकारी गराएको छ । मुलुककै पुरानो कलेज १०० वर्ष पुगेको उपलक्ष्यमा त्रिचन्द्र क्याम्पस प्रशासनले राष्ट्र बैंकलाई सिक्काका लागि अनुरोध गरेपछि बैकंले अग्रसरता देखाएको हो ।

केन्द्रीय बैंकको सञ्चालक समितिले सय र हजार रुपैयाँ दरका सिक्का छाप्ने निर्णय गरेको हो भने दुबै सिक्का ३ र ३ हजार थान निकाल्ने योजनामा बैक रहेको छ । १०० रुपैयाँ दरका सिक्का क्याप्रिनिकल धातुको र १००० रुपैयाँ दरको चाँदीको हुने छ । सिक्कामा घण्टाघर र त्रिचन्द्र क्याम्पसको भवनको प्रतिमा हुने सहप्रवक्ता राजेन्द्र पण्डितको भनाई छ ।