सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह सम्पन्न

२ माघ २०७४, मंगलवार ०७:४६

पुष्कर भट्ट

माघ २ , कञ्चनपुर।

पुष २९ गते  सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह सम्पन्न भएको छ । 

कञ्चनपुरको महेन्द्रनगर स्थित विश्वविद्यालयले केन्द्रिय क्याम्पस आयोजना गरेको एक कार्यक्रम विच प्रथम दीक्षान्त समारोह सम्पन्न गरेको हो । विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहमा उतिर्ण भएका २ सय ८२ जना विद्यार्थिहरुलाई दिक्षित गराइएको हो । दिक्षान्त समारोहमा सुदुरपश्चिमाञ्चल विश्वविद्यालय कुलपती एवं प्रधानमन्त्री शेर बहादुर देउवा को प्रमुख अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा दिक्षित भएका ४ जना विद्यार्थिलाई भाईस चान्सलर र चान्सलर पदक प्रदान गरीएको थियो ।जसमा भाईस चान्सलर पदक प्राप्त गर्ने प्रतिभा भट्ट र जानकी कुमारी विष्ट रहेका छन भने चान्सलर पदक प्राप्त गर्ने निरज थापा र विष्णु दत्त भट्ट रहेका छन ।

 

उनीहरुलाई प्रधानमन्त्री देउवाले पदक प्रदान गरेका थिए । समारोहमा वोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्र पुर्नस्थापना पछि शिक्षा स्वास्थ्य र प्रविधिको क्षेत्रमा सरकारले लागु गरेका नितिका कारण नेपालको शिक्षा क्षेत्रमा उल्लेखनिय प्रगती भएको र जसका कारण नेपालका विश्वविद्यालयबाट उत्पादित जनशक्ति आज विश्वका धेरै मुलुकमा पुगेर उच्व र सुविधाजनक क्षेत्रमा काम गर्न सफल भएको वताउनु भएको छ ।

त्यस्तै सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको स्थापनाका लागी सुदुरपश्चिवासीहरुले गरेको ठुलो योगदान रहेको जिकिर गर्नुभयो । उहाले आफ्नो नेतृत्वको सरकाले गत असोज २ गते यस क्षेत्रका १५ वटा क्याम्पसलाई सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन गरी आंगिक क्याम्पसको रुपमा दरवन्दी समेत स्विकृत गरीसकेको बताउदै आगामी दिनमा यस विश्वविद्यालय देशकै अग्रणी विश्वविद्यालयका रुपमा स्थापितहुने वताउनु भएको छ । समारोहमा सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका सहउपकुलपती एवं उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, मानार्थ विद्यावारधि प्राप्त गर्ने डा. राम प्रसाद पोख्रेल लगायत शिक्षाविद ,राजनितिज्ञ विशिष्ट व्यक्तित्वको सहभागिता रहेको थियो।