शितलहर पिडितले राहत पाएनन्, पहुँच भएकालाई मात्र बाँडियो न्यानो सामाग्री

२ माघ २०७४, मंगलवार ०५:४३

श्याम गुप्ता
माघ  २ बारा ।
तराईमा चलेको सितलहर र जाडोले अति बिपन्न र दलितहरुको जनजिवन प्रभावित भएपनि विभिन्न संघ संगठनहरुले वितरण गर्ने राहत सामाग्रीहरु उक्त वर्ग सम्म नपुगी आसेपासे र हुँने खानेहरुले नैं पाएको सितलहर प्रभावितहरुले गुनाँसो गरेका छन् ।

तराईको बारा पर्सा , रौतहट । सर्लाही लगायतको जिल्लाका दलित तथा बिपन्न बस्तीहरुमा हाल सम्म कुँनै पनि राहत सामग्री नपुगेको त्यस क्षेत्रका असाहायहरुले चिसो छल्नका लागि विभिन्न संघ संगठनले राहत स्वरुप कम्बल तथा न्यानो कपडा बितरण गर्दै आएपनि राजनितिक पहुँच वालाहरुले मात्रै सो राहतहरु पाउँने गरेको गुनाँसो गरेका हुँन् ।

मध्य तराईमा करिब एक महिना देखि लगातार शितलहरले तराईको बारा , पर्सा , रौतहट लगायतका विभिन्न जिल्लाको जनजिवन थप कष्टकर बन्दै गएको छ । यस क्षेत्रमा विहान देखि मध्य तराईमा चलेको शितलहरले मानिसहरुलाई हिडडुल गर्न समेत समस्या भएको छ ।  हुस्सु लागे पछि सवारी साधन चलाउँन चालकहरुलाई समेत समस्या भएको छ । सम्भावित दुर्घटनाबाट बच्नका लागि ट्राफिक प्रहरीले गाडीको बत्ती बालेर आवत जावत गर्नको लागि आग्रह गरेको छ । साथै चिसोका कारण विद्यालयमा बिद्यार्थीहरुको संख्या पनि न्यून नैं देखिएकाले पढाई प्रभावित भएको छ ।

शितलहर चलेको बेलामा जाडोबाट बच्नका लागि सर्वसाधारणसँग आगो बालेर ताप्नका लागि दाउरा समेत नभएको स्थानीयहरुले बताएका छन् । जिल्ला प्रशासन कार्यालयले ठाउँ ठाउँमा आगो बाल्नका लागि दाउरा बाँड्ने बताएपनि बजार क्षेत्रमा मात्रै बाडेको र गाउँ क्षेत्रमा नबाँडेको उनीहरुको गुनाँसो रहेको छ । सितलहरसँगै बढ्दै गएको चिसोका कारण बृद्धबृद्धा तथा बाल बालिकाहरुको स्वास्थ्यमा विभिन्न समस्याहरु देखिरहेको स्थानीय चन्देश्वर प्रसाद साहले बताए । उनले बाक्लो हुस्सुका कारण विभिन्न सवारीका साधनहरु सड्कमा बिस्तारै गुडिरहेको बताउँदै साहले चिसोका कारण सर्वसाधारणहरुलाई हिड डुल गर्न अफ्ठ्यारो भईरहेकोले मानिसहरु घरबाट समेत निस्कन गा¥हो मानिरहेको बताए ।

चिसोबाट बच्नका लागि स्थानीय बजारमा न्यानो कपडाको बिक्री बढेको छ । सो पसलहरुमा उपभोक्ताहरु भिड् पनि उत्तिकै बढेको देखिन्छन् । हुस्सुसँगै मध्य तराई चिसो बढेसँगै बालबालिका र बृद्धबृद्धाहरुको स्वास्थ्यमा बढी असर पार्ने गरेको छ । चिसोबाट बालबालिकामा निमोनिया र बृद्धाहरुमा दम खोकीको असर देखा परेको बारा सिमरा स्थित तराई सिमरा हस्पिटलका प्रमुख डा.रबिन्द्र सिंहले बताए ।

शितलहरसँगै चलेको हावाले झन् हुस्सु र चिसो बढाएको छ । चिसोका कारण बाराको सदरमुकाम कलैयामा आउँने जाने सर्वसाधारणहरुमा कमी आएको देखिन्छ । बाक्लो हुसुसँगै परेको शितलहरको कारण सदरमुकाममा रहेका विभिन्न सरकारी कार्यालयहरुमा सेवाग्राहीहरुको उपस्थिति पातलिदै गएको देखिन्छ । टाँढा टाँढाबाट आउँने सेवाग्राहीहरु जाडोको कारण आउँन नसकेकोले दैनिक जसोको तुलनामा आज उपस्थिति पातलिदै गएको देखिन्छ ।

शितलहर चलेसँगै मध्य तराईमा बढेको चिसोले बर्सेनी सयौं जना बाल बालिका देखि बृद्धबुद्धाहरुको मृत्यु हुँने गरेको छ । चिसोको कारण घरपालुवा जनावरहरुलाई समेत समस्या परेको देखिन्छ ।
त्यस्तै अन्तराष्ट्रिय विमान स्थल काठमाण्डौंंको सबै भन्दा नजिक र बारा पर्सा रौतहट सर्लाही लगायत छिमेकी देश भारतबाट आउँने यात्रुहरुलाई बाक्लो हुस्सुको कारण विमान अवतरण तथा उडान भर्नको लागि आवश्यक भिजिविलिटि कम भएकोले यात्रुहरुलाई समेत समस्या भएको नेपाल नागरिक उड्यान प्राधिकरण सिमराका प्रमुख हिराजन काफ्लेले बताए ।

दैनिक सिमरा विमान स्थलमा बुद्ध एयरको ए.टि.आर.४२ तीन वटा र दुई वटा बिज क्राफ्ट गरी पाँच वटा विमानहरु उडान भर्दै आएको भएतापनि बाक्लो हुस्सुका कारण आज एउटा पनि विमान उडान भर्न नसकेको प्रमुख काफ्ले बताएका छन् । पुस महिनामा मात्रै सिमरा विमान स्थालबाट ५५ वटा उडान अवरुद्ध भएको उनले बताए । व्यापक चिसोबाट प्रभावित बनेका यस क्षेत्रका दिन दुखियाहरु अहिले सह्योगको अपेक्षामा रहेका छन् । त्यसैले सम्बन्धित निकाय तथा समाज सेवीहरुले त्यस्ता दिन दुखियाहरुका लागि नि ः शुल्क न्यानो वितरण गर्नु पर्ने आवश्यक देखिन्छ । चिसोबाट बच्न बृद्धबृद्धा तथा बाल बालिकाहरु आगो बालेर न्यानो पार्ने गरिन्छ तर , ती आगोबाट निस्कने धुवाँले विभिन्न रोग लाग्ने सम्भावना पनि त्यतीकै देखिन्छ । भने विभिन्न संघ संगठनले राहत स्वरुप बाँड्दै आएको कम्बल तथा न्यानो कपडाहरु जिम्मेवारी पूर्वक बिपन्न तथा दलित असाहायहरुलाई नैं बाँड्न संम्बन्धित निकायले ध्यान पु¥याउँन नितान्त आवश्यक छ ।