प्रहरी माथि हातपात गर्नेलाई सार्वजनिक मुद्दा

२ माघ २०७४, मंगलवार ०३:१३

माघ २, भोजपुर । प्रहरी माथि हातपात गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय, भोजपुरले सार्वजनिक मुद्दा दर्ता गरेको छ । भोजपुर नगरपालिका–५ बोमिखमा गस्तीमा रहेका प्रहरी माथि हातपातसँगै गालीगलौज गर्ने सोही स्थानका ५५ वर्षीय हरिबहादुर प्रधान, ३४ वर्षीय विकास कुमार राई र ३२ बर्षीय प्रकाशकुमार राईलाई सार्वजनिक मुद्दा चलाइएको हो ।

मध्य पहाडी लोकमार्गमा गस्तीमा रहेका प्रहरीलाई रोकेर हातपात गरेको प्रहरीको भनार्इ छ । हातपातका कारण सई गणेशनारायण श्रेष्ठको बर्दी समेत च्यातिएको प्रहरीले जनाएको छ । गत पुस २७ गते काठ तस्करी भइरहेको भन्ने सूचनाको आधारमा गस्ती गर्न गएको प्रहरी माथि उनीहरुले हातपात गरेका थिए । रासस