मैत्रीपूर्ण रनिङ्गकप भलिवलको चौथो संस्करण आगामी अप्रिलमा

१ माघ २०७४, सोमबार ०५:०१

माघ १, काठमाडौं । गल्कोट स्पोर्टस क्लव जापानको आयोजनामा हुदै आएको मैत्रीपूर्ण रनिङ्गकप भलिवल प्रतियोगिताको चौथो संस्करण आगामी अप्रिल तेश्रो साता हुने भएको छ।


क्लवका महासचिव लक्ष्मण कार्कीका अनुसार विगत वर्षभन्दा अझ रोचक प्रतियोगिता आयोजना गर्नका लागि क्लवले तयारी सुरु गरेको छ।  “स्वास्थ्यको लागि खेल राष्ट्रका लागि खेल” भन्ने मुख्य नारा सहित सन् २०१५मा स्थापना भएको क्लबले नेपाली नयाँ बर्ष २०७५ तथा क्लवको बार्षिकोत्सवको उपलक्ष्यमा चौथो मैत्रीपुर्ण रनिंगकप भलिवल प्रतियोगिता आयोजना गर्ने जनाएको छ।

यसवर्षको प्रतियोगिता अप्रिल १८ तारिक बुधबारका दिन टोकियो कामता स्थित ओता(कु स्पोर्ट्स सेण्टर मा आयोजना गर्ने तय गरिएको छ। प्रतियोगितामा सहभागि जनाउन चाहने क्लवहरुका लागि केही समयपश्चात खेलको कार्यतालिका प्रकाशित गरि विस्तृत जानकारी गराईने महासचिव कार्कीले जानकारी दिए।  साथै आयोजक क्लवले खेल संचालन हुने अप्रिल १८ तारिकका दिन कार्यक्रम नजुधाई दिनुहुन अनुरोध गरेको छ। रोमान्चक प्रतिस्पर्धा मानिने गल्कोट स्पोर्टको भलिवल प्रतियोगिताको तेश्रो संस्कारण उपाधी दीपसन फुडले हात पारेको थियो।