रुपन्देही उद्योग संघमा नयाँ नेतृत्व चयन

३० पुष २०७४, आईतवार १४:५७

पुस ३०, बुटवल । रुपन्देही उद्योग संघक बुटवलको ३९औँ साधारणसभा तथा २०औँ अधिवेशनबाट अध्यक्षमा गणेशप्रसाद अधिकारी विजयी भएको छ । शनिबार भएको मतदानको गतगणना आज आईतबार बिहान सकिदा अधिकारी विजयी भएको हो ।

अधिकारीले ४ सय ४६ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी सुनिल श्रेष्ठले २ सय ७० मत प्राप्त गरेका थिए । उद्योग संघको चुनावमा दुई प्यानल खडा भएपनि अधिकांश पदमा भने सुनिल प्यानल विजयी भएका छन् संघको वरिष्ठ उपाध्यक्षमा बावुराम बोहरा, द्वितिय उपाध्यक्षमा दिलिप सापकोटा, महासचिवमा कृष्णप्रसाद पराजुली, सचिवमा जिवकान्त काफ्ले निर्वा्चित हुनु भएका छन । त्यस्तै सदस्यहरुमा शोभाखर पोखरेल, हिरामणि भट्टराई, माधव रेग्मी, युवराज आचार्य, दीपक खनाल, घनश्याम घिमिरे, कृष्णलाल भुसाल, बसन्त ढकाल, सुरेन्द्र ज्ञवाली, चन्द्रकान्त खनाल, प्रेम बहादुर आले तथा एशोसिएट सदस्यमा सुमन बस्याल निर्वा्चित हुनु भएको हो ।

 

संंघको नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा माधव प्रसाद पौडेल, कोषाध्यक्षमा शिवकुमार पाठक, सहकोषाध्यक्षमा हरिबहादुर खत्री, महिला सदस्यतर्फ रेनुका खरेल, सरला भण्डारी र माया खनाल र बुटवल औद्योगिक क्षेत्र सदस्यतर्फ मोहनीलाल रिजाल, बुटवल उपमहानगरपालिका देखि पूर्व क्षेत्रतर्फ रमेशचन्द्र रेग्मी, सिद्धार्थनगर नगरपालिका क्षेत्र सदस्यतर्फ यादव गैरे, संस्थागत सदस्यतर्फ रुद्रबहादुर हमाल, सेवा सदस्यतर्फ माधव नेपाल, बुटवल उपमहानगरपालिका देखि पश्चिम क्षेत्रको २ सदस्यतर्फ यमलाल भट्टराई र बालकृष्ण पराजुली निर्विरोध निवाचित भएको जनाएको छ ।