सरस्वती बन्यो ‘डोजो’ च्याम्पियन

३० पुष २०७४, आईतवार ०६:३१

ओलिभर स्कुल र शाखा डोजो शंखपार्कको संयुक्त आयोजनामा भएको प्रथम उपत्यकाब्यापी सितोरियो कराते प्रतियोगिता २०१८ को उपाधि सरस्वती डोजो जोरपाटी बेसीगाउँले जितेको छ।

शनिबार भएको उक्त प्रतियोगितामा विभिन्न १५ डोजोका २५० खेलाडीको सहभागीता रहेको थियो।  टिम च्याम्पियन हुने क्रममा अजिब श्रेष्ठ २०केजी स्वर्ण, कुईसाङ लामा ३० केजी स्वर्ण, अजय तामाङ ३५केजी स्वर्ण, प्रकाश माझी ४० केजी स्वर्ण, सुस्मिता वाईवा ३० केजी स्वर्ण, एलोन श्रेष्ठ ५० केजी रजत, मिङमार लामा २५ केजी कास्य बिकास कार्की ४० केजी कास्य पदक जित्न सफल भए।

५ स्वर्ण १ रजत र २ कास्य पदक सहित सरस्वती डोजो प्रथम,४ स्वर्ण ५ रजत र ५ कास्य सहित मानसिङ डोजो दितिय र ४ स्वर्ण ५ रजत र ४ कास्य सहित मनमैजु डोजो टिम तृतीय हुन सफल भएको छ।