आर्थिक समृद्धिका लागि सहकारीलाई उत्पादनसंग जोड्नुपर्छः सांसद राई

३० पुष २०७४, आईतवार ०६:१२

भिम लामा
पुस ३०, काठमाडौं । गोकर्णेश्वर नगरपालिका ४ मा रहेको जयश्री भैरव बचत तथा सहकारी संस्था लि.को दशौं वार्षिक साधारण सभामा काठमाडौं प्रतिनिधिसभा ३ बाट निर्वाचित सांसद कृष्ण राईले समाजको आर्थिक वृद्धि र विकासका लागि सहकारीलाई उत्पादनसंग जोड्नुपर्ने बताए ।


शनिवार आयोजित सो साधारणसभामा सांसद राईले सहर बजार र ग्रामिण क्षेत्रका सहकारीमा भिन्नता देखाउँदै सहरका प्रत्येक सहकारीहरु पनि ग्रामिण भेगमा जस्तो उत्पादनसंग जोडिएर कारोबार अगाडी बढाउन सुझाव दिए । सहरमा भएका कतिपय सहकारीहरु समुहिक हितका लागि नदेखिएको र पैसा तथा व्यवसायसँग मात्र सम्बन्धित रहेको उल्लेख गर्दै अब सहकारीहरुले आर्थिक जीवन स्तर उकास्नेसंगै समाजसंग जोडिएका , शैक्षिक, आर्थिक,संस्कृति तथा विकासको प्रगति र उन्नतीतर्फ उन्मुख हुनेपर्ने बताए । उनले भने संघीय संरचनाअनुरुप राज्यका हरेक निकाय चल्ने भएकाले राज्य र संविधानले निर्धारण गरिएका ऐन अनुरुप सबै सहकारीहरु चल्नुपर्ने बताए ।

त्यस्तै उक्त सहकारीका प्रमुख सल्लाहकार हरिकृष्ण श्रेष्ठले अब राज्यले सहकारी ऐन ल्याइसकेको बताउँदै त्यसअनुरुप सहकारी लाग्न सुझाव दिए । गोकर्णेश्वर नगरपालिका वर्डा ४ मा मात्र १३ वटा सहकारी रहेको बताउँदै अव राज्यको तीन खम्बे अवाधारणामा जानु पर्ने बताए । एक सहकारीमा रहेको सेयरधनीले अर्को सहकारीमा सेयर रान्न नपाउने प्रवाधान आइसकेको छ अब सहकारीहरु छाता संस्थाको रुपमा अगाडी बढ्नु पर्ने उल्लेख गर्दै नयाँ कार्यसमितिका पदाधिकारीहरुले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।


जयश्री भैरव बचत तथा ऋण शहकारी संस्था लि.का अध्यक्ष श्रीकण्ठ कुमार थापा सभाध्यक्ष रहेको उक्त कार्यक्रममा काठमाडौं प्रतिनिधिसभा ३ अन्र्तगत प्रदेशसभा १ का सांसद रामेश्वर फुयाल, गोेकर्णेश्वर नगरपालिका वर्डा ४ का अध्यक्ष, श्रीकुमार श्रेष्ठ, डा. विदुर चालिसे लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।