मनोज गजुरेललाई पारिवारिक तनाव, डेरा खोज्दै श्रीमति

२८ पुष २०७४, शुक्रबार १२:४८

पुस २८, काठमाडौं । चर्चित हस्याकलाकार मनोज गजुरेल दुनियाँलाई हसाउने मात्र होइन नेताहरुलाई व्यांग्यात्मक शैलीमा गाली समेत गर्ने बहुकला तथा प्रतिभावान व्यक्ति हुन् । बेला–बेलामा भगवानको अवतरण देखि लिएर विभिन्न नेताहरुको नक्कल गर्न सिपालु उनले भारतीय मोदीको समेत नक्कल गरेर आम दर्शकमाझ चकित तुल्याउने उत्कृष्ठ प्रतिभाका धनि कलाकारका रुपमा चिनिन्छन् ।

लामो समयदेखि कला क्षेत्रलाई आफ्नो पेसा अपनाउँदै आएका कलाकार गजुरेल विश्वका थुप्रै देशहरुमा समेत आफ्नो कला प्रस्तुत गरिसकेका छन् । उनी एशियाकै पहिलो हस्या तथा व्यांग्या कलाकारको रुपमा चिनिन्छ ।

दुनियाँलाई हसाउने र मनोरञ्जन प्रदान गर्दे आएका कलाकार गजुरेल यतिखेर भने आफ्नै पारिवारिक तनावमा छन् । गोप्य सूत्रका अनुसार गजुरेल र उनका श्रीमतिबीच सम्बन्ध विच्छेद् हुने लगभग अन्तिम चरणमा पुगेको छ । गजुरेलको घर बालकोटमा रहेपनि उनका श्रीमति भने डेरा खोज्दै बानेश्वरको थापा गाउँतिर भौतरिरहेकी छिन् ।

परिवारभित्रका खटपटकै कारण तीनिहरुवीच डिर्भोस हुने पक्का देखिन्छ । सूत्रका अनुसार अहिले उनीहरुको डिर्भोस कागजात जिल्ला अदालत भक्तपुर रहेको जानकारी पाएको छ ।