बाराका शीतलहर पीडितको चित्कार हेर्नुस (भिडियोमा)

२८ पुष २०७४, शुक्रबार ०७:०८

श्याम गुप्ता 
बारा , २८ पुस ।
करिब दुई साता यता देखि लगातारको शितलहरले बारा जिल्ला लगायत मध्य तराई मधेसको जनजिवन थप कष्टकर बन्दै गएको छ ।

शितलहरले मानिसहरुलाई हिडडुल गर्न समेत समस्या भएको छ । बाक्लो हुस्सुको कारण सवारी साधनहरुलाई आवत जावत गर्नमा समेत समस्या भएको हो ।  एक्कासी बाक्लो हुस्सु लागे पछि सवारी साधन चलाउँन चालकहरुलाई समेत समस्या भएको छ । उनीहरु शितलहर चलेको बेलामा जाडोबाट बच्नका लागि आगो बालेर ताप्ने गरेका छन् ।

सितलहरसँगै बढ्दै गएको चिसोका कारण बृद्ध बृद्धा तथा बाल बालिकाहरुको स्वास्थ्यमा विभिन्न प्रकार समस्याहरु देखिरहेको स्थानीय चन्देश्वरप्रसाद साहले बताए । उनले बाक्लो हुस्सुका कारण सवारी साधनहरु सड्कमा बिस्तारै गुडिरहेको बताउँदै साहले चिसोका कारण सर्वसाधारणहरुलाई हिड डुल गर्न समेत अफ्ठ्यारो भईरहेकोले मानिसहरु घरबाट समेत निस्कन गा¥हो मानिरहेको बताए ।

त्यसैगरी सम्भावित दुर्घटनाबाट बाँच्नको लागि ट्राफिक प्रहरीले गाडीको बत्ती बालेर आवत जावत गर्नको लागि आग्रह गरेको छ । साथै चिसोका कारण विद्यालयका पढाई पनि प्रभावित भएको छ । विद्यालय खुले पनि विद्यार्थीहरुको संख्या न्यून रहेको स्थानीय विद्यालयका सञ्चालकहरुले जानकारी गराएका छन् । हुस्सुसँगै मध्य तराई चिसो बढेसँगै बालबालिका र बृद्धबृद्धाहरुको स्वास्थ्यमा बढी असर पार्ने गरेको छ । चिसोबाट बालबालिकामा निमोनिया र बृद्धाहरुमा दम खोकीको असर देखा परेको बाराको सिमरा स्थित तराइ सिमरा अस्पिटलका प्रमुख एवंम् डा.रबिन्द्र सिंहले बताएका छन् ।

शितलहरसँगै चलेको हावाले झन् हुस्सु र चिसो बढाएको छ । चिसोका कारण बाराको सदरमुकाम कलैयामा आउँने जाने सर्वसाधारणहरुमा कमी आएको देखिन्छ । बाक्लो हुसुसँगै परेको शितलहरका कारण सदरमुकाम कलैयामा रहेका विभिन्न सरकारी कार्यालयहरुमा सेवाग्राहीहरुको उपस्थिति पातलिदै गएको देखिन्छ । टाँढा टाँढाबाट आउँने सेवाग्राहीहरु जाडोको कारण आउँन नसकेकोले दैनिक जसोको तुलनामा अहिले उपस्थिति पातलिदै गएको देखिन्छ । शितलहर चलेसँगै मध्य तराईमा बढेको चिसोले बर्सेनी सयौं जना बाल बालिका देखि बृद्धबुद्धाहरुको मृत्यु हुँने गरेको छ । चिसोको कारण घरपालुवा जनावरहरुलाई समेत समस्या परेको देखिन्छ ।

४५ वटा उडान अवरुद्ध
अन्तराष्ट्रिय विमान स्थल काठमाण्डौंंको सबै भन्दा नजिक र बारा पर्सा रौतहट सर्लाही लगायत छिमेकी देश भारतबाट आउँने यात्रुहरुलाई बाक्लो हुस्सुको कारण विमान अवतरण तथा उडान भर्नको लागि आवश्यक भिजिविलिटि कम भएकोले यात्रुहरुलाई समेत समस्या भएको नेपाल नागरिक उड्यान प्राधिकरण सिमराका प्रमुख हिराजन काफ्लेले बताए ।

दैनिक सिमरा विमान स्थलमा बुद्ध एयरको ए.टि.आर.४२ तीन वटा र दुई वटा बिज क्राफ्ट गरी पाँच वटा विमानहरु उडान भर्दै आएको भएतापनि बाक्लो हुस्सुका कारण विहिवार  एउटा पनि विमान उडान भर्न नसकेको प्रमुख काफ्ले बताएका छन् । पुस महिनामा मात्रै सिमरा विमान स्थालबाट ४५ वटा उडान अवरुद्ध भएको उनले बताए । व्यापक चिसोबाट प्रभावित बनेका यस क्षेत्रका दिन दुखियाहरु अहिले सह्योगको अपेक्षामा रहेका छन् । त्यसैले सम्बन्धित निकाय तथा समाज सेवीहरुले त्यस्ता दिन दुखियाहरुका लागि नि ः शुल्क न्यानो वितरण गर्नु पर्ने आवश्यक देखिन्छ ।