मन्त्रिपरिषद्को बैठक जारी, आज प्रदेश प्रमुखहरु नियुक्त गरिंदै

२८ पुष २०७४, शुक्रबार ०६:४८

पुस २८, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु भएको छ। बैठकमा समसामयिक बिषयमा छलफल हुनुका प्रदेश प्रमुखहरु तोक्ने बुझिएको छ ।

राजनीतिक सहमति जुट्न नसकेपछि संवैधानिक दायित्व पुरा गर्न सरकारले प्रदेश प्रमुख नियुक्त गर्न लागेको हो । प्रदेश प्रमुख नतोक्दा प्रदेश सभाका सदस्यहरूले शपथ ग्रहण गर्नका लागि संवैधानिक बाधा अड्चन सिर्जना हुने भएकाले प्रदेश प्रमुखहरु नियुक्त गर्न लागेको वाणिज्यमन्त्री मीन विश्वकर्माले जानकारी दिए ।

सरकारले प्रदेश प्रमुख तोके पनि प्रदेशको अस्थायी राजधानी तोक्ने सम्भावना कमै रहेको बुझिएको छ ।