‘दलीय सहमतिमा छिट्टै प्रदेश प्रमुख तोक्ने तयारी’

२८ पुष २०७४, शुक्रबार ०४:५५

पुस २८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने तयारी भइरहेको बताएका छन् ।

राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार काठमाडौंमा आयोजना गरेको चियापान समारोहमा उनले प्रदेशसभाका सदस्यलाई शपथग्रहण गराउनका लागि पनि प्रदेश प्रमुख र केन्द्र तोक्न आवश्यक रहेको बताए ।

प्रधानमन्त्री देउवाले विभिन्न जातजाति, समुदायको बसोबास रहेको मुलुकमा सबैको भाषा, संस्कृति र रहनसहनको संरक्षण गरी विविधतामा एकता कायम गर्दै राष्ट्रिय एकतालाई थप मजबुद तुल्याउन सबै राजनीतिक दलको सहकार्य जरुरी रहेको बताएका छन् ।रासस