लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायीमा पदस्थापना

२८ पुष २०७४, शुक्रबार ०४:१५

तेजेन्द्र के.सी.
पुस २८, बुटवल ।  लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघ प्रधान कार्यालय बुटवलको दोस्रो अधिवेसनबाट निर्वाचित पदाधिकारीहरुको पदस्थापना भएको छ । निर्वाचन समितिका संयोजक महेन्द्र पाण्डेको अध्यक्षता, सदस्य दिपक ढकालको स्वागत र अर्का सदस्य अमृत गिरीको सञ्चालनमा भएको पदस्थापना कार्यक्रममा बुवल उपमहानरपालिकाका प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बुटवल उपमहनारपालिकाका प्रमुख शिवराज सुवेदीले पार्किङ्गको समास्या समाधान गर्दै दुई बर्षमा बुटवलमा घरबाट नै गाडीहरुको अवलकोन गर्न मिल्नेगरी डिजिटलाईजेसन गर्ने प्रतिवद्वता जनाए । उनले भने–‘बुटवलाई स्मार्ट नगरीको रुपमा विकास गर्ने योजना अनुसारको कार्य अगाडी बढाउने छौ । ’ पार्किङ्ग बुटवलमा समस्याको रुपमा रहेको भन्दै प्रमुख सुवेदीले यसको समास्या समाधानको लगि सबैं संघ संस्थाहरु मिलेर समाधानको बाटो पहिल्याउनुपर्ने धारणा राखे ।   पदस्थापना कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलका अध्यक्ष दधिराम खरेलले पार्किङ्गको समस्या समाधानको लागि आफ्नो निकायबाटपहल गर्ने प्रतिवद्वता जाहेर गरे । उनले पछिल्लो समयमा ई रिक्साको कारण ट्राफिक समस्या बढेको भन्दै यसलाई स्थापित र विस्तापीतको नियम अनुसार अगाडी बढाउनुपर्ने धारणा राखेका थिए ।   कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष लक्ष्मण क्षेत्रीले यातायता व्यवसायीहरुलाई एकिकृत गरेर अगाडी बढ्ने बताएका थिए । उनले हाल संघमा नभएका विभिन्न सवारीधनीहरुलाई संघमा आवद्व गर्नको लागि पहलको थालनी गरिने समेत प्रतिवद्वता जारी गरे ।

कार्यक्रममा बुटवल उद्योगबणिज्य संघका अध्यक्ष खेमबहादुर हमाल, पश्चिमा यातायात व्यवसायी समितिका पुर्व अध्यक्ष लोकराज पोखरेल, रुपन्देही व्यापार संघका बरिष्ठ उपाध्यक्ष यमलाल लोहनी, रुपन्देही उद्योग संघका महासविच माधव पौडेल निर्वाचन समितिका संयोजक महेन्द्र पाण्डे, सदस्य दिपक ढकाल, सह सचिव कृष्ण चौहान क्षेत्री, निर्वाचन सदस्य अमृत गिरी लगायतले बोलेका थिए । नवनिर्वाचि कार्यसमितिको अध्यक्षमा लक्ष्मण क्षेत्री, उपाध्यक्ष दिनेश कुमार थापा, महासचिवम सुमन सापकोटा, सचिवमा पदम शर्मा भण्डारी, सह सचिव कृष्ण चौहान क्षेत्री, कोषाध्यक्षमा रविन्द्र कुमार श्रेष्ठ चयन भएका थिए । यस्तै सदस्यहरुमा गोपाल पाण्डे, नविन पोखरेल, सोमान तिमिल्सीना, कमल बस्याल, दिपक तामाङ्ग, सुन्दर थापा, अगम पुन(अनिल) रहेका छन् ।