विज्ञापन कम्पनीहरु मर्यादित र प्रतिस्पर्धी बन्नुपर्नेः सञ्चारमन्त्री बस्नेत

२७ पुष २०७४, बिहीबार ०८:५८
mohan-basnet, latest news from kathmandu nepal, news from kathmandu nepal

पुस २७ काठमाडौं। सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले विज्ञापन कम्पनी मर्यादित र प्रतिस्पर्धी बन्नुपर्ने बताएका छन् ।

mohan-basnet, latest news from kathmandu nepal, news from kathmandu nepal

नेपाल विज्ञापन संघको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री बस्नेतले विज्ञापन कम्पनी मर्यादित व्यवसायीका रुपमा अगाडि बढ्नुपर्ने बताएका हुन्। उनले भने, “हजारौँ मानिसलाई रोजगारी दिई राष्ट्रलाई पनि फाइदा पु¥याइरहेकाले विज्ञापन कम्पनी आफैँमा उद्योग हुन्, यसलाई औपचारिक रुपमै उद्योगका रुपमा लैजान गर्नुपर्ने सहयोगका लागि सरकार तयार छ ।”  सञ्चार मन्त्रालय सम्भालेको छोटो अवधिमा सरकारले महत्वपूर्ण काम शुरु गरेको भन्दै मन्त्री बस्नेतले भने, “हामीले नेपालमै राहदानी, परिचयपत्र र मुद्रा छपाइको काम नेपालमै गर्नका लागि हेटौँडामा २५० रोपनी जमिन लिई काम अगाडि बढाएको छौँ ।”

 

देशका सबै ठाउँमा टेलिफोन सुविधा र कम्प्युटर शिक्षालाई अनिवार्य शिक्षाका रुपमा अगाडि बढाउनका लागि रु पौने एक अर्ब रुपैयाँ विनियोजन गरी शुरुवातमा १४ जिल्लामा कार्यक्रम गर्ने तयारी पनि गरेको उनले जानकारी दिए। सन् २०२७ सम्म नेपाललाई डिजिटल नेपाल बनाउने अवधारणामा लिइएको मन्त्री बस्नेतको भनाइ छ ।

नेपाल विज्ञापन संघका अध्यक्ष सन्तोष श्रेष्ठले नेपालका विज्ञापन कम्पनी बहुराष्ट्रिय कम्पनीसँग प्रतिपस्र्धा गर्न समक्ष रहेकाले सरकारले उद्योगका रुपमा मान्यता दिन आग्रह गरे ।
सरकारले विदेश विज्ञापनलाई रोकी नेपाली विज्ञापन कम्पनीलाई प्रोत्साहन गर्न बनेको ‘क्लिन फिड’ तुरुन्त लागू गर्नुपर्ने, विज्ञापन काउन्सिल तुरुन्त गठन गर्न सरकारसँग माग गरे। उनले नेपालमा एक हजार ५०० भन्दा बढी विज्ञापन दर्ता भई रु छ अर्बभन्दा बढी विज्ञापन कम्पनीमा लगानी रहेको बताए । संघको साधारणसभाले आज नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ । (रासस)