जाजरकोट महामारी क्षेत्रमा कर्णालीका चिकित्सक

२६ पुष २०७४, बुधबार १३:५९

देवी कृष्ण अधिकारी
पुस २६, जुम्ला । जाजरकोटको पश्चिमी जुनुचाँदे गाउँपालिकाका विभिन्न गाउँमा दुई साताभन्दा बढी समयदेखि फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन नसके पछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला वाट विशेषज्ञ सहितको टोली खटिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले मेडिकल अधिकृत सुर्य चौधरी र वाल रोग विशेषज्ञ डा. नम्रता सिन्दान लाई महामारी प्रभावित क्षेत्रमा खटाएको हो ।


क्षेत्रिय स्वास्थ्य निर्देशनालय सुर्खेत र जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको आग्रहमा चिकित्सकको टोली खटाइएको अस्पताल निर्देशक धर्मराज गोसाईले बताए । उनका अनुसार टोली आजै जाजरकोट प्रस्थान गरिसकेको छ । टोली दुई हप्ता वस्ने गरि खटाएका छौ, अस्पताल निर्देशक धर्मराज गोसाईले भने, प्रकोप नियन्त्रण नहुन्जेल सम्म फर्कने छैनन । पछिल्लो समयमा कर्णालीले रोग प्रभावित क्षेत्रमा चिकित्सक पठाउन थालेको हो । कर्णाली रोग, भोग, र अभावको सिकार मानिन्थ्यो, उनले भने, अहिले दक्ष विशेषज्ञ चिकित्सक पठाउने थलो वनेकोमा स्थानीय खुुसी छन ।

कर्णाली देखि खटिएको टोली जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको सम्पर्कमा जाने र जता आवश्यक प¥यो उतै खटिएर विरामीको उपचारमा लाग्ने प्रतिष्ठानले जनाएको छ । यो संगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले कर्णालीको मुगु र कालिकोटमा विशेषज्ञ सेवा शुरु गर्ने भएको छ । कालिकोटमा महिनाको २ पटक र मुगुमा महिनामा एक पटक विशेषज्ञ टोलीले विरामीको चेकजाँच र औषधी उपचार गर्ने निर्णय भएको अस्पताल निर्देशक गोसाईले जानकारी दिए ।