आइएसले लियो चर्च आक्रमणको जिम्मा

१६ पुष २०७४, आईतवार ०९:३५

पुुस १६, काठमाडौं ।
इजिप्टको राजधानी कायरोको एक चर्चमा भएको हमलाको जिम्मा अतिवादी मुस्लिम समूह स्लामिक स्टेट (आइएस)ले लिएको छ । कायरोको हेल्वान जिल्लामा रहेको मार मिन चर्चमा शुक्रबार गराइएको विस्फोटमा एक अतिवादीसहित १० जना घाइते भएका थिए । आक्रमणमा एक प्रहरी अधिकारी र आठ क्रिस्चियनको मृत्यु भएको थियो ।


आक्रमणपछि अतिवादी समूह र सुरक्षाकर्मीबीच केहीबेर दोहोरो गोली हानाहान चलेको थियो ।
विस्फोटपछि एक आक्रमणकारी मोटरसाइकलमा भागेका थिए । अतिवादीले फालेका दुईवटा बमलाई डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो ।