जिल्ला अदालतबाट सफाइ पाएकालाई उच्च अदालतले तोक्यो २० वर्ष कैद

१६ पुष २०७४, आईतवार ०८:५८

पुस १६, काठमाडांै ।
उच्च अदालतबाट २० वर्षको कैद सजाय पाएका एक अभियुक्तले जिल्ला अदालत मोरङबाट सफाइ पाएको सार्वजनिक भएको छ । आफ्नै सालोको हत्या आरोपमा उच्च अदालत विराटनगरबाट २० वर्षको कैद सजाय सुनाइएका रंगेली–४ का शम्भुप्रसाद शाहले मोरङ जिल्ला अदालतबाट सफाई पाएका हुन् ।


अभियुक्त शाहालाई २८ बैशाख २०७३ मा मोरङ अदालतले सफाइ दिएको थियो । तर, उक्त फैसाला रीतपूर्वक नभएको भन्दै सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेपछि ३० जेठ २०७४ मा उच्च अदालत विराटनगरले जिल्ला अदालतको फैसलालाई बेरीतपूर्वक ठहर गर्दै फैसलालाई उल्ट्याँदै अभियुक्त शाहालाई जन्मकैद (२० वर्ष) को सजाय सुनाएको थियो ।