डन्डिफोर आएमा…….

१६ पुष २०७४, आईतवार ०८:३१

पुस १६, काठमाडौं ।
1. विहान उठेपछि र सुत्ने बेलामा फेसवास र क्लिन्जिङले राम्रोसँग सफा गर्ने बानी बसाउनुपर्छ । जुन पायो त्यही क्रिमले मेकअप गर्नु हुँदैन । किनभने मेकआपमा हुने गल्तका कारण पनि डन्डिफोर आउन सक्छ ।
2.घरबाट बाहिर निस्कँदा क्वालिटीयुक्त सन्स्क्रिमको प्रयोग गर्नुपर्छ । अहिले बजारमा वाटरपु्रफ मेकअप सामाग्री प्रशस्त पाइन्छन् । यस्ता सामाग्रीको प्रयोगले पसिनाले छालामा गर्ने हानिबाट पनि जोगउँछ ।


3. डन्डिफोर आउन थालेपछि त्यसलाई कोट्याउने तथा निचोर्ने गर्नु हुँदैन । यसो गर्दा झन समस्या बल्झन सक्छ ।
4. दैनिक ८ देखि १० गिलास पानी पिउने बानी गर्दा डन्डिफोरबाट मुक्त हुन सकिन्छ ।
5. मसाज जेल वा पाउडरले ५ मिनेटसम्म मसाज गर्दा पनि डन्डिफोरबाट मुक्त हुन सकिन्छ ।
6. फेस स्टिम लिनुको साथै डन्डिफोर पनि सफा गरिरहनुपर्छ ।
7.एन्टिपिम्पल्स फेसप्याकको प्रयोगले पनि यसको समस्याबाट छुट्कारा मिल्न सक्छ । र, छालालाई सुक्खा बनाउने क्रिमको पनि प्रयोग गर्नुपर्छ ।