१६ पुसदेखि भेडेटार फुड फेस्टिबल

१६ पुष २०७४, आईतवार ०७:२०

पुस १६, कठमाडौं ।
धनकुटाको भेडेटारमा हरेक अंग्रजी नयाँ वर्ष अवसरमा सञ्चालन हँुदै आएको भेडेटार फुड फेस्टिबल यो वर्ष पुस आजदेखि १८ गतेसम्म सञ्चालन हुने बताइएको छ ।


आर्थिक तथा सामाजिक उत्थानका लागि पर्यटन, होटेल, व्यवसाय, हामस्टे र अन्य व्यापार व्यवसाय, कृषि, सांस्कृतिक र शिक्षा क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले भेडेटार फुड फेस्टिभल आयोजना गरिन लागेकोे होटल एसोसिएसन भेडेटारका अध्यक्ष तथा फुड फेस्टिबल आयोजक समिति लीलाराज लावतीले बताए ।
फेस्टिभलमा करिब एक करोड बराबरको आर्थिक कारोबार तथा ३० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको होटेल एसोसिएसन भेडेटारको सचिव जितेन्द्र रुम्दालीले बताए ।