विभिन्न अस्पतालमा कार्यरत १२ जना डाक्टर एमाले प्रवेश

१५ पुष २०७४, शनिबार १५:३७

पुस १५, काठमाडौं । विभिन्न अस्पतालमा कार्यरत १२ जना डाक्टर नेकपा एमालेमा प्रवेश गरेका छन् । राष्ट्रिय चिकित्सक संघ नेपालले शनिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा डाक्टरहरु पार्टी प्रवेश गरेका हुन्।

एमाले प्रवेश गर्नेहरुमा पाटन अस्पतालका डा शैलेश शाह, प्रसूति गृहका डा अमितकुमार रौनियार, चिकित्सा शास्त्र अध्ययन संस्थानका डा नितिन के अग्रवाल, बी एन्ड बी अस्पतालका हेम महासेठ, जानकी मेडिकल कलेजका डा विजय शंकर प्रसाद शाह, ग्लोबल अस्पतालका डा लुस्यान कुमार यादव, जनकपुर अञ्चल अस्पतालका डा कुलदीप पाठक,कित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डा ज्ञानेन्द्र जोशी, कान्ति बाल अस्पतालमा कार्यरत डा जेनी गौतम रहेका छन्।

 

यसैगरी कार्यक्रममा डा मधुसुदन पाण्डे, डा विवेक नेपाल र शैलेन्द्र झाले पनि एमाले पार्टी प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले महासचिव ईश्वर पोखरेलले खादा तथा अविर लगाएर पार्टी प्रवेश गराएका थिए। एमाले निकट डाक्टरहरुको संगठन राष्ट्रिय चिकित्सक संघ नेपालले संघीयतामा स्वास्थ्य क्षेत्रका कार्यदिशामाथि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा डा महेन्द्र श्रेष्ठले संघीयतामा स्वास्थ्य संरचनाका विषयमा, चिकित्सा शास्त्र राष्ट्रिय प्रतिष्ठानको उपकुलपति डा गणेश गुरुङले संघीयतामा मेडिकल शिक्षा, नेपाल मेडिकल काउन्सिलका विषयमा डा शशी शर्मा र स्वास्थ्य बीमाका विषयमा डा गुणराज लोहनीले कार्यपत्र प्रस्तुत गरेका थिए ।