ब्लड मनी तिर्न युएईबाट सहयोग

१५ पुष २०७४, शनिबार ११:३७

१५ पुस, काठमाडौं ।
युएईमा रहेका सामाजिक संस्थाहरुले साउदीको जेलमा रहेका नवलपरासीका थानेश्वर भुसालले तिनुपर्ने ब्लडमनीका लागि दुई चरणमा चार लाख ७१ हजार ५ सय ९८ रुपैयाँ सहयोग संकलन गरेका छन् ।
उक्त रकम युएईमा क्रियाशील केही सामाजिक संस्थाहरुले आन्तरिक रुपमा संकलन गरेका हुन् । नवलपरासी सेवा समाज यूएईका अध्यक्ष भीम हमालको संयोजकत्वमा यूएईमा क्रियाशील नेपाली संघ संस्थाहरुले करिब १० दिनभित्र उक्त रकम संकलन गरी प्रवासी नेपाली समन्वय समितिको खातामा उक्त रकम जम्मा गरेका हुन् ।
यस अभियानमा नेपाली समाज युएई, विश्व सहयोग संघ, लुम्बिनी बैदेशिक लगानी कोष, कर्मभूमि बचत समूह, सगरमाथा बचत समूह, अन्तर्राष्ट्रिय महिला समूह, नेपाल कला संस्कृतिक मञ्च, मिलिजुली बचत समूहलगायतका सामाजिक तथा सहकारी संस्थाहरुले रकम संकलन गरेका छन् ।


त्यसरी नै पहिलो चरणमा २८ डिसेम्बरमा पठाइएको रकममा लुम्बिनी वेल्फेयर सोसाइटी, रुपन्देही सेवा समाज, पाल्पा समाज, नेपाली समुदाय युएई, नेपाली सहयोगी हातहरु, रुपन्देही सेवा समान, पर्वत सेवा समाजले सहयोग गरेका छन् ।
पहिलो चरणमा विहीबार पठाइएको रकममा व्यक्तिगत रुपमा मणि भुर्तेल, सीता घिमिरे, भीम हमाल, राजु भुसाल, महेन्द्र पौडेल ९ नेपालीको सगरमाथा रेस्टुरेन्ट० समेतले सहयोग गरेका छन् ।
यस चरणमा व्यक्तिगतरुपमा अर्जुन बोहोरा, सञ्जय काफ्ले, जितु ठकुरी, सुवास सिलवाल, राज ढकाल, सिर्जना खनाल, जगदीश ढकाल, आरती वाग्ले, चिरन न्यौपाने र लोकेन्द्रबहादुर बलले आर्थिक सहयोगका अतिरिक्त अभियानमा रकम संकलनमा संयोजनकारी भूमिका निर्वाह गरेका थिए ।
भुसालको ब्लड मनी तिर्नका लागि आवश्यक रकम जुटाउने क्रममा युएईका सामाजिक संस्थाहरुले संकलन गरेको रकममध्ये २ लाख ४ हजार ६ सय रुपैयाँ २९ डिसेम्बरमा नेपालको खातामा जम्मा भइसकेको छ । यसमा झापाली समाजमा आवद्ध करिब २५ जना पदाधिकारीबाट पत्रकार डिल्ली हुमागाईको संयोजनमा संकलित रकमका अतिरिक्त दाङ देउखुरी समाज, ताप्लेजुङ समाजसेवा, जनसम्पर्क समिति, धादिङ सेवा समाजबाट संकलित रकम सहयोग स्वरुप रहेको छ ।