आगलागीबाट क्षति

१५ पुष २०७४, शनिबार १०:४२

पुस १५, भोजपुर ।
भोजपुरमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको छ । जिल्लाको पूर्वी पौवादुम्मा गाउँपालिका ३ च्याङग्रेमा विद्युत् सर्ट भई आगलागी हँुदा स्थानीय पर्शुराम श्रेष्ठको फुसको छानो भएको २ तले घरमा आगलागी भएको हो ।


आगलागीमा नगद ६० हजार, २ तोला चाँदी, अन्नपात, लत्ताकपडालगायतका सामग्री जलेको हो । आगलागीमा श्रेष्ठ, उनको २९ वर्षिया श्रीमती देवीमाया श्रेष्ठ र ९ महिनाकी छोरी नवीना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालले जानकारी दिएको छ ।