सर्वाेच्चले मागायो मतपत्र

१५ पुष २०७४, शनिबार ०९:०२

पुस १५, काठमाडौं ।
नेकपा एमाले नेतृ भगवती चौधरीले नेपाली कांग्रसका नेता विजयकुमार गच्छादारविरुद्ध सर्वाेच्च अदालतमा दायर गरेको रिटमा शुक्रबार सर्वाेच्च अदालतले मतपत्र मगाएको छ ।
प्रतिनिधिसभा–सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा पराजित भएकी चौधरीले पुनः मतगणना हुनुपर्ने माग गर्दै गत बुधबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा रिट दायर गरेको थिइन् ।


शुक्रबार प्रधानन्यायाधीश गोपाल पराजुलीसहित न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले मतपत्रसहित अरु कागजात ल्याउन आदेश दिएको नेतृ चौधरीले जनाएकी छन् । चौधरीले गच्छदारलाई विजयी गराउन मतपेटिकाको सिल तोडिएको र नक्कली मतपत्र प्रयोग भएको दाबी गर्दै सो रिट दर्ता गराउकी छन् ।