बिकीनीका कारण अर्बपति

१५ पुष २०७४, शनिबार ०७:५४

पुस १५, काठमाडौं ।
भियतनामको एक एयरलाइन्स कम्पनी भियतजेट एबिसनकी प्रमुख कार्यकारी अधिकृत थी फुओङ थाओ गुएन आफ्नो नवीनतम् बिजनेस अवधारणाका कारण भियतनामकै पहिलो र एकमात्र अअर्बपति महिला हुन् । उनी बिमानका प्रायः एयरहोस्टेसलाई मोडेल बनाएर बिकीनीमा प्रस्तुत गर्छिन् । यसैका कारण उनको भियतजेट एयरलाइन्स हिट भएको हो ।


फोब्र्सको अनुसार थीको सम्पति २ अर्ब ४० करोड डलर रहेको छ । फोब्र्सले उनलाई सेल्फ मेड वमन बिलिनियर भनेको छ । थीको भिएतजेट एयरलाइन्समा ९५ प्रतिशत शेयर थियो ।

भियतनामको पहिलो निजी एयरलाइन्स कम्पनी भियतजेटको मूल्य एकसय करोड डलर अर्थात् १० खर्ब ७२ अर्ब रुपियाँभन्दा बढी रहेको छ । यसबाहेक थीको एचडी बैंक र तीनवटा विच रिसोर्टसहित रियल स्टेटमा पनि लगानी छ ।