माओवादी केन्द्रले प्रदेशसभातर्फ ३५ जनाको नाम सिफारिस (नामावली सहित)

१४ पुष २०७४, शुक्रबार १५:०१

पुस १४, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेशसभातर्फ ३५ जनाको नाम सिफारिस गरेको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको शुक्रबार बसेको बैठकले प्रदेशसभातर्फ समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका सदस्यको चयन गरेको हो । पार्टीले प्रदेश नम्बर–१ र २ मा पाँच÷पाँच, प्रदेश नम्बर–३ मा ८, प्रदेश नम्बर–४ मा तीन, प्रदेश नम्बर–५ मा ६ तथा प्रदेश नम्बर–६ र ७ मा चाररचार उम्मेदवारलाई प्रदेशसभाको समानुपातिक सांसदमा सिफारिस गरेको छ ।

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रदेश नम्बर–१ मा सीता थेवे, कुसुमकुमारी श्रेष्ठ, सौभाग्य राई, सरस्वती पोखरेल र उमिता विश्वकर्मालाई प्रदेशसभा सांसदमा सिफारिस गरिएको छ । यस्तै प्रदेश नम्बर–२ का लागि जगतप्रसाद यादव, महम्मद समीर, रुविकुमारी कर्ण, प्रमिलाकुमारी यादव र फुलियादेवी सदालाई चयन गरिएको छ ।

 

प्रदेश नम्बर–३ का लागि दिनेश महर्जन, आङ्देण्डी लामा, ओम घलान, हिमाली गोले, प्रतिमा श्रेष्ठ, सीता अधिकारी, भावना सुवेदी र कञ्चन खनाललाई सिफारिस गरिएको छ ।  प्रदेश नम्बर–४ का लागि गायत्री गुरुङ, मधु अधिकारी ९गुरुङ० र दिलमाया रोका मगर (गौतम)लाई चयन गरिएको छ ।  प्रदेश नम्बर–५ का लागि गीता थापा, दामाकुमारी शर्मा, पार्वती पुन (गहतराज), लौटी थारु, दीपा विक र सुष्मा यादव सिफारिस भएका छन् ।

 

त्यसैगरी, प्रदेश नम्बर–६ का लागि पुष्पा घर्ती विष्ट, सीताकुमारी नेपाली, विमला केसी र कृष्णा शाह सिफारिसमा परेका छन् । नेपाली र केसी माओवादी केन्द्रका तर्फबाट तत्कालीन संविधानसभा सदस्यसमेत थिए ।  माओवादी केन्द्रले प्रदेश नम्बर–७ मा निर्मला बडाल ९जोशी०, कुन्ती जोशी, विनिता चौधरी र शान्ति नेपाली प्रदेशसभा सांसदका लागि सिफारिस गरेको छ ।  पार्टीले अधिकांश प्रदेशमा महिलालाई सिफारिस गरेको छ । संविधानको मर्मअनुसार ३३ प्रतिशत महिला प्रतिनिधित्व मिलाउनैपर्ने बाध्यकारी व्यवस्थाका कारण कुल ३५ जनामा पाँचजनामात्रै पुरुष सिफारिसमा परेका छन् ।

 

प्रदेश नम्बर–२ मा दुई र प्रदेश नम्बर–३ मा तीन पुरुष सिफारिसमा परेका छन् ।  गत मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रदेशसभातर्फ माओवादी केन्द्रका ७४ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट विजयी भएका थिए । निर्वाचन आयोगले शुक्रबारसम्म प्रदेशसभाका लागि समानुपातिकतर्फको उम्मेदवारको नाम बुझाउन समय दिएको थियो ।  सोही समयभित्रै आयोगलाई उम्मेदवारको नाम बुझाइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । रासस